समाचारआइतबार, माघ २८, २०६९
विपक्षी दलहरुले निर्णयक वार्ता गर्ने
राष्ट्रपतिसँग दलका शिर्ष नेताहरुको २७ माघमा भएको छलफल र एमाओवादीको प्रस्तावलाई आधार बनाएर प्रमुख विपक्षी दलहरुले निर्णायक वार्ता गर्ने भएका हुन् ।
२८ माघमा एमाले मुख्यालय बल्खुमा बसेको प्रमुख विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले अबको वार्तामा सहमति नभए आन्दोलन चर्काउने पनि निर्णय गरेका छन् ।
२८ माघमा सहमति नभए २०७० जेठमा संविधान सभाको निर्वाचन हुन नसक्ने भएकोले यो एमाओवादीसँगको अन्तिम निर्णायक वार्ता गर्ने निर्णय भएको नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । सहमति नभए आन्दोलनको विकल्प नभएकोमा पौडेलले जोडदिएका थिए ।
