समाचारसोमबार, माघ २९, २०६९

‘प्रधान्यायाधीशको नेतृत्वमा चुनावी परिषदको सम्भावना’

हिमालखबर

एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बहालवाला प्रधानन्याधीशको नेतृत्वमा चुनावी परिषद गठनको सम्भावना रहेको बताएका छन् । २९ माघ बिहान प्रमुख राजनीतिक दलहरुबीच भएको बैठकमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने विषय लगभग सहमति नजिक पुगेको सापकोटाले बताए ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी परिषद बनाउँदा शक्ति पृथकिकरणको सिद्धान्त विपरीत हुने भए पनि तत्कालका लागि यो नै उत्तम विकल्प भएको समेत दाबी गरे ।

आजै बिहान प्रमुख दलहरुबीच प्रधान्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको भन्दै संविधानविद्हरुले विरोध जनाइरहेका बेला सापकोटाले यस्तो खुलासा गरेका हुन् ।

प्रधानन्याधीशको नेतृत्वमा परिषद गठन भएपछि प्रधानन्याधीश खिलराज रेग्मीले प्रधानमन्त्रीको पनि काम गर्ने छन् । चुनावी परिषद भनिए पनि त्यसको कार्य मन्त्रिपरिषदकै हुनेछ ।  सापकोटाले भने, “प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने सरकारलाई निर्वाचन परिषद् वा अरु कुनै नाम दिन सकिन्छ वा चुनावी परिषद्को रुपमा पनि त्यसलाई व्याख्या गर्न सकिन्छ, यो विषयमा छलफल जारी रहेको छ ।” सापकोटाले यसलाई दलहरु असफल भएको भनेर नबुझ्न आग्रह गर्दै चुनावबाट जितेर आउने दलहरु नै भएकाले तत्कालका लागि संकटबाट निकासको योमात्रै विकल्प भएको बताएका थिए ।

यसअघि नेपाल बार एसोशिएसनका अध्यक्ष हरिकृष्ण कार्की, अन्तरिम सम्बिधानका मस्यौदाकारद्वय हरिहर दाहाल र शम्भु थापा, संविधानविद भिमार्जुन आचार्य लगायतका संविधान एवम् कानूनविदहरुले पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नु बदनियतपूर्ण भन्दै त्यसले शक्ति पृथकिकरणको सिद्धान्त, संविधानवाद, कानूनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका र लोकतन्त्रको समेत धज्जी उडाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>