समाचारसोमबार, माघ २९, २०६९
दलहरुले सहमति गर्न सकेनन्, मंगलबार फेरी बैठक बस्ने
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु सहमतिको सरकार गठनका बारेमा राष्ट्रपति कार्यालयमा छलफलमा जुटेका थिए । एमाओवादीले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेपछि राष्ट्रपति रामवरण यादवसहितको उपस्थितिमा छलफल भएको थियो ।
स्रोतका अनुसार एमाओवादीको प्रस्तावमा विपक्षी दलहरुले सहमति जनाएका छैनन् । उनीहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्ने भए पहिले उनले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नु पर्ने माग गरेका थिए ।
शितलनिवासबाट बाहिरिदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार सम्ममा सबै दलले आ(आफ्नो स्पष्ट धारणा बनाउने र एकै ठाउँमा बसेर निकासका लागि ठोस निर्णय गर्ने बताएकाछन् ।
