समाचारमंगलबार, फाल्गुण १, २०६९

प्रमुख दलहरुले आज पनि छलफल गर्ने

हिमालखबर

प्रमुख चार राजनीतिक दलहरुले १५ जेठ भित्र निर्वाचन गर्नका लागि सहमतिको सरकार गठनका लागि आज पनि छलफल गर्ने भएका छन् । दलहरुबीच २९ माघमा भएको छलफलमा सहमति नजुटेपछि उनीहरुले फेरि छलफललाई निरन्तरता दिने भएका हुन् ।

एमाओवादीले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव गरेको छ जसको विपक्षी दलहरुले विरोध गर्दैै आएका छन् । उनीहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्ने भए पहिले रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा गर्नु पर्ने बताएका छन् ।

बैठकका लागि दिउँसो ४ बजेको समय निर्धारण गरिएकोले अहिले दलहरु आन्तरिक छलफलमा जुटेका छन् । चुनावी सरकारको नेतृत्वका लागि आएका विभिन्न विकल्प बारे आन्तरिक छलफलपछि एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संयुक्त छलफल गर्ने दलहरुले जनाएका छन् ।

२९ माघमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भएको दलहरुबीचको छलफलमा कांग्रेस र एमालेल प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्दा लोकतान्त्रिक मूल्य र मान्यताका साथै शक्ति पृथकिकरणको सिद्धान्तको पनि विपरित हुने र यसले न्यायालयलाई विवादमा तान्ने भन्दै अरु नै स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>