समाचारमंगलबार, फाल्गुण १, २०६९

वैद्यको धम्की, ‘जनयुद्धका मुद्दा ब्युँताए गाउँ पस्न दिइन्न’

हिमालखबर

‘जनयुद्ध’ दिवसको अवसरमा १ फागुनमा काठमाडौंको भृकुटीमण्डपमा भएको चियापानलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुको सट्टा ‘जनयुद्ध’ का मुद्दा उठाएर आफूहरुलाई विवादित बनाए कांग्रेस एमालेलगायतका दलहरुलाई गाउँ पस्न नदिने बताएका हुन् । उनले संविधानसभा विघटन भएर संक्रमणकाल लम्बिरहेको बेलामा कांग्रेस एमालेलगायतका दलहरु पूर्वाग्रही भएर अघिबढे आफूहरु चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् ।

अध्यक्ष वैद्यले उनले पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेताहरुले राष्ट्रघाती कदम उठाएर आन्दोलन, घाइते र शहिदको भावनामा खेलवाड गरेकाले आफूहरु छुट्टिएर संघर्षमा लागको दाबी गरे । उनले प्रमुख दलहरुले विगतमा गरेको गल्तीको समिक्षा गरेर सर्वदलीय सहमति नगरे निर्वाचन संभव नहुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>