समाचारमंगलबार, फाल्गुण १, २०६९
‘प्रधानमन्त्री बन्नुअघि रेग्मीले राजीनामा गर्नुपर्छ’
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयोजक रहेको मोर्चाले १ फागुनमा काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधनन्यायाधीश खिलराज रेग्मीले राजीनामा गरेको खण्डमा मात्रै प्रधानमन्त्रीको रुपमा स्वीकार्न सकिने स्पष्ट पारेको छ ।
सम्मेलनमा मोर्चा संयोजक उपेन्द्र यादवले दुईवटा निकायमा एउटै व्यक्ति हुने अवस्था आफूहरुलाई स्वीकार नहुने बताए।
उनले वर्तमान सरकार रहँदासम्म मुलुकले निकास नपाउने भन्दै मोर्चाले आन्दोलनको घोषणा गरेको पनि जानकारी दिए । वर्तमान सत्ता गठबन्धनको कुर्सी मोहले गर्दा राजनीतिक निकास ननिस्केको ठहर गर्दै मोर्चाले सरकारको राजीनामाको माग गरको छ ।
