समाचारमंगलबार, फाल्गुण १, २०६९

दलहरुबीचको बैठक निष्कर्ष बिहिन

हिमालखबर

कोइराला निवास महाराजगञ्जमा १ फागुन साँझ बसेको बैठकमा सत्तापक्ष र विपक्षी दलहरुले आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको हो ।

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बहालवाला प्रधानन्यायाधीश बाहेकका अन्य विकल्पमा समेत छलफल भए पनि सहमति बन्न हुन नसकेको जानकारी दिए । उनले भने, “विभिन्न विकल्पमा छलफल भयो तर, ठोस निर्णय हुन सकेन ।”

एमाओवादीले बहालवाल प्रधानन्यायाधीशको नेतृत्वमै चुनावी सरकार गठन हुने बताउँदै आएको छ भने विपक्षी दलहरुले त्यो लोकतान्त्रिक मान्यता, शक्ति पृथकिकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाका विरुद्ध हुने भने भन्दै विरोध गरेका छन् । विपक्षी दलहरुले निकासका लागि प्रमुख शर्त बाबुराम भट्टराई सरकारको बहिर्गमन भएको पनि बताउँदै आएका छन् ।

कोइराला निवास महारजगञ्जमा कुरा नमिलेपछि नेताहरु शीतलनिवास महारजगञ्जतर्फ लागेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>