समाचारबुधबार, फाल्गुण २, २०६९
विष्फोटक पदार्थ बरामद
राजमार्ग गस्तीमा रहेको सशस्त्रको टोलीले चेकजाँचको क्रममा ना ४ ख ६७३० नम्बरको मकालु बसबाट बिष्फोटक पदार्थ सहित तिन शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
१ फागुन साँझ काकडभिट्टाबाट काठमाण्डौं हिँडेको बसको बि साइडको ७ र ८ नम्बर सिटमाथिको लगेज बक्स जाँचगर्दा बिष्फोटक पदार्थ रहेका दुई वटा पोका फेला पारिएको पाथिभरा गणका सशस्त्र प्रहरी उपरिक्षक रामप्रकाश श्रेष्ठले बताएका छन् ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
