समाचारबुधबार, फाल्गुण २, २०६९
चौतर्फी दबाबपछि प्रधानमन्त्री पछि हटे
ग्याँसको मुल्य बृद्धिको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटर मार्फत ग्याँसको दोहोरो मुल्य कार्यान्वयनमा तयारी नभएको भन्दै तत्काल कार्यान्वयन नहुने उल्लेख गरेका छन् ।
यसअघि भट्टराईले अहिले बढाएको भाउले जनतालाई कुनै मर्का नपर्ने बताएका थिए । इन्टरनेट सामाजिक सञ्जाल ‘ट्वीटर’मा लेख्दै उनले उपभोक्ताका लागि १५ सय ५० र व्यवसायीक प्रयोजनका लागि २१ सय बनाउँदा जनतालाई मर्का नपर्ने उल्लेख गरेका थिए ।
यसैबीच नेपाल आयल निगम बोर्डको बैठकले अर्को निर्णय नहुन्जेल सम्मका लागि ग्याँसको बढाइएको मूल्य कार्यान्वयन नगर्ने निर्णय गरेको निगमका प्रबन्ध निर्देशक सुरेश कुमार अग्रवालले जानकारी दिएका छन् ।
