समाचारबुधबार, फाल्गुण २, २०६९

राष्ट्रपतिले नेताहरुसँगको छलफल तीब्र पारे

हिमालखबर

२ फागुनमा राष्ट्रपति यादवसँग नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुले बेग्लाबेग्लै भेट गरेका छन् ।

भेटपछि एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले दलहरुबीच सहमति नभएकोमा चिन्ता व्यक्त गरेको जानकारी दिए । उनले दलहरुबीच असहमति धेरै भएकाले सहमतिको सम्भावना निकै कम रहेको पनि बताए ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफूले दलभित्रैबाट सहमतिको सरकारको नेतृत्व हुनु पर्ने धारणा व्यक्त गरेको जानकारी दिए । उनले राष्ट्रपति यादवले ३ फागुनसम्ममा सहमति खोज्न आग्रह गरेको पनि बताए ।

कांग्रेस सभापति कोइराला भन्दा अघि राष्ट्रपति यादवसँग भेट गरेका एमाओवादी अध्यक्ष पुष्मकमल दाहालले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि पहल गरिदिन राष्ट्रपतिलाई आग्रह गरेको बुझिएको छ ।

तीन नेताहरुसँगको बेग्लाबेग्लै छलफलपछि राष्ट्रपति यादवसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजय कुमार गच्छदार र तमलोपा अध्यक्ष महन्त ठाकुरले छलफल गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>