थप समाचारबुधबार, फाल्गुण २, २०६९
सहमतिको लागि राष्ट्रपति सक्रिय हुनुपर्छः महत
नुवाकोटको विदुरमा २ फागुनमा आयोजित पत्रकार भेटघाटमा नेता महतले दलहरूलाई बिहीबारसम्म सहमति जुटाउन राष्ट्रपति रामवरण यादवले दिएको समयसीमा पनि उपलब्धिविहीन हुने बताए ।
उनले एमाओवादीले तानाशाह शैली जारी राखेर मुलुकमा सहमतिको ढोका बन्द गरेकाले अब राष्ट्रपतिले शासन हातमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “राष्ट्रपतिले गर्ने शासन मुलुकमा निष्पक्ष चुनाव र नया“ सरकारलाई सत्ता हस्तान्तरण गरिदिन हो ।”
एमाओवादीले महाधिवेशनबाट पारित गराएको बहालवाला प्रधानन्यायाधीशको नेतृत्वको प्रस्तावलाई दलीय छलफलमा ल्याएर सहमतिको ढोका बन्द गरेको महतले टिप्पणी गरे ।
६ महिना अगाडि नै सहमति जुटिसकेको कांग्रेस सभापतिको नेतृत्वमा नया“ सरकार गठन भए मुलुकमा जारी अन्योलको अन्त्य हुने उनको भनाइ थियो ।
