समाचारबिहीबार, फाल्गुण ३, २०६९
ग्यासमा गरिएको मूल्य वृद्धिविरुद्ध प्रदर्शन
हाललाई स्थगन गरिएको भनिए पनि ग्यासको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने र विद्यार्थी सहुलियत कार्ड तत्काल कार्यान्वयन गरिनुपर्ने माग गर्दै अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घलगायतका विद्यार्थी सङ्गठनले ३ फागुन बिहान ८ बजेदेखि १० बजेसम्म उपत्यकाका विभित्र क्याम्पसअगाडि चक्काजाम र प्रदर्शन गरे ।
विद्यार्थीको प्रदर्शनका कारण उपत्यकाका क्याम्पस क्षेत्रको सडक दुई घन्टा अवरुद्ध भएको थियो । सरकारले मुल्यवृद्धि स्थगन गरेको भए पनि त्यो पूर्ण रूपमा फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने नेविसङ्घका प्रवक्ता युपी लामिछानेले बताए ।रासस
