समाचारबिहीबार, फाल्गुण ३, २०६९

सहमति नजिक पुगेको नेताहरुको दावी

हिमालखबर

प्रमुख चार शक्तिका नेताहरुले ३ फागुन बिहान ८ बजेदेखि ११ बजेसम्म राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफल गरेका थिए । छलफलका क्रममा नेताहरुले आजै सहमति गर्ने प्रतिवद्धता जनाएका छन् ।

छलफलबाट बीचमै बाहिरिएका कांग्रेस सभापति सुशील कोइरालाले आजै बेलुका सम्म सहमतिको सम्भावना रहेको जानकारी दिए । बैठकपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले आज दिनभरी छलफल गरेर बेलुका सहमतिमा पुग्ने दावी गरे ।

बहालवाल प्रधानन्यायाधीशको ठाउँमा स्वतन्त्र व्याक्तिलाई प्रधानमान्त्री बनाउने वा प्रधानन्यायाधीशलाई नै निर्वाचन गराउने अधिकार तोकेर जाने भन्नेमा छलफल चलिरहेको छ । दलहरु दिनभर छलफल गरेर साँझ फेरि राष्ट्रपतिसँग छलफल गर्ने नेताहरुले बताएका छन् । सहमतीय सरकार गठनका बारेमा छलफल गर्न एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरु बिहानै शीतल निवास पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>