समाचारबिहीबार, फाल्गुण ३, २०६९

आत्मदाहको प्रयास गरेका तिब्बतीको मृत्यु

हिमालखबर

२ फागुनमा काठमाडौंको बौद्ध स्तुप नजिकै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका तिब्बती युवक डोमेन डुक्चेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

आत्मदाहको प्रयासमा तीन मिनेटसम्म शरिरमा ह्वारह्वार्ती आगो सल्काएका उनलाई प्रहरीले उद्दार गरी शिक्षण अस्पताल पुर्‍याएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको २ फागनु राति मृत्यु भएको हो ।

तिब्बती शरणार्थीहरुको वाक्लो बसोबास रहेको बौद्ध क्षेत्रमा स्वतन्त्र तिब्बतको माग गर्दै बेलाबेला विभिन्न प्रदर्शन हुने गरेका छन् । स्रोतका अनुसार डुक्चेले गत २ सेप्टेम्बरमा पनि आत्मदाहको प्रयास गरेका थिए । त्यसबेला सफल नभएका डुक्चेले फेरि तिब्बती नयाँ वर्षका अवसरमा आत्मदाह गरेका हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार उनले शरिरमा आगो लगाएपछि चीन विरोधी नारा लगाएका थिए ।

उनको शव ३ फागनु बिहानै आफन्तको जिम्मा लगाइएको छ । त्यसबेलामा उनको शबयात्रा र प्रदर्शन गर्न खोजेका तिब्बतीहरुलाई प्रहरीले रोकेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>