थप समाचारशुक्रबार, फाल्गुण ४, २०६९
गुल्मी लोडसेडिङमुक्त, तीन दिनदेखिको बन्द फिर्ता
आन्दोलनरत स्थानीय क्लव, राजनैतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय लगायतका संघ संस्थासित नेपाल विद्युत प्रधिकरणका प्रतिनिधिहरुले जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणाको लिखित प्रतिवद्धता जनाएपछि वन्द फिर्ता भएको हो ।
गुल्मी कालीगण्डकी ए जलविद्युत आयोजनाको प्रभावित क्षेत्र भएकोले जिल्लामा आवश्यक विद्युत उत्पादनस्थलवाटै सिधै आपूर्ति गर्ने व्यवस्था मिलाउने पनि सहमति भएको छ । अनटेष्ट युवा क्लव तम्घासको अगुवाईमा जिल्लामा विद्युत सेवा नियमितताको माग गर्दै गत तीनदिनदेखि आन्दोलन भएको थियो ।
गनगनशिला खड्का, गुल्मी
