थप समाचारबिहीबार, फाल्गुण ३, २०६९

करोडौं महिला पुरुष एकसाथ सडकमा

हिमालखबर

उर्लंदो सय करोड अभियानमा काठमाडौंमा आयोजित र्‍यालीम सहभागी महिला । तस्बीर: ऋषिराम कट्टेल/हिमालखबर

महिलाहरुलाई समान अवसर र सम्मान दिलाउने उद्देश्यका साथ सञ्चालित उर्लदो सय करोड अभियानमा काठमाडौंका सडकमा पनि अधिकारकर्मीलगायत विभिन्न क्षेत्रका महिला तथा पुरुष समाजबाट महिला हिंसा अन्त्य हुनुपर्ने प्लेकार्ड बोकेर प्रधानमन्त्री निवास बालुवाटारदेखि शान्तिवाटिकासम्म सडक र्‍यालीमा सहभागी भए ।

उर्लदो सय करोड अभियानअन्तर्गत महिला तथा पुरुष सडकमा आएर महिलामाथि हुने हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन विश्वका विभिन्न देशमा यो अभियान विभिन्न कार्यक्रमका साथ सञ्चालन भइराखेको छ ।

महिला हिंसा अन्त्य सुनिश्चित हुनुपर्ने माग गर्दै बालुवाटारबाट शुरु भएको र्‍यालीले शहरका विभिन्न स्थान परिक्रमा गर्दै शान्तिबाटिकामा आएर सभामा परिणत भएको थियो । सञ्चारिका समूहलगायत विभिन्न महिला अधिकारकर्मी संघ संस्थाद्वारा आयोजित सो र्‍यालीका सहभागीले महिला हिंसा अन्त्य गर्न कडा कानून ल्याउनुपर्ने मागसमेत गरेका थिए ।

¥याली समापनका अवसरमा विभिन्न महिला कलाकारले ‘महिला वस्तु होइन, मानव हो’ भन्ने सन्देश झल्कने नाटक अभिनय गरेका थिए । साथै बेलुन उडाएर महिला हिंसा अन्त्यको आवाज घन्काएका थिए ।

यस अभियानका अवसरमा वक्तव्य जारी गर्दै अभियानकी दक्षिण एसिया संयोजक कमला भसिनले भनेकी छन, “अब महिला र युवतीहरुका लागि नयाँ स्वतन्त्रता आन्दोलन गर्नुपर्ने समय आइसकेको छ, जसले पितृसत्तात्मक सोच र पुरुषवादी हिंसाबाट स्वतन्त्रता मिलोस ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>