समाचारबिहीबार, फाल्गुण ३, २०६९
सुनधाराबाट पेस्तोलसहित एकजना पक्राउ
दुई राउण्ड गोली लोड अवस्थामा रहेको अटो पेस्तोलसहित सप्तरी जिल्लाको राजविराज ५ घर भई भक्तपुरको कौशलटार बस्ने २१ वर्षीय चौधरीलाई सशस्त्र प्रहरीको टोलीले ३ फागुन दिउँसो सुन्धाराबाट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोकबाट खटिएको टोलीले ‘मेड इन इटालियन’ लेखिएको उक्त पेस्तोल, दुई राउण्ड गोली र सोको म्याग्जिनसमेत बरामद गरेको छ ।
पक्राउ परेका चौधरीलाई बरामद पेस्तोल तथा गोलीलसहित आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

