थप समाचारशनिबार, फाल्गुण ५, २०६९

कोइराला र थापाबीच छलफल

हिमालखबर

कोइराला निवास महाराजगञ्जमा ५ फागुन बिहान भएको कोइराला र थापाबीचको भेटमा चुनावी सरकारको गठन र दलहरुबीच भइरहेको छलफलको बारेमा कुराकानी भएको कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

अध्यक्ष थापाले चुनावबाटै मुलुकले निकास पाउने भन्दै चाँडो सहमति गर्न आग्रह गरेका छन् ।

चिनियाँ राजदूतसँग पनि भेट

नेपालका लागि चीनका राजदूत योङ हउलान र सभापति कोइरालाबीच पनि आजै भेटवार्ता भएको छ । कोइराला निवासमा बिहान भएको भेटमा दलहरुबीच सरकार गठनको बारेमा भएको छलफलको बारेमा राजदूत हउलानले जिज्ञासा राखेका थिए ।

भेटमा राजदूत हउलानले चुनावबाटै नेपालमा स्थिरता हुनेमा चीन विश्वस्त रहेको जोड दिएको बुझिएको छ । जवाफमा सभापति कोइरालाले दलहरु गम्भीर छलफलमा रहेकोले केहीदिनमै ठोस निस्कर्षमा पुगिने जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>