समाचारशनिबार, फाल्गुण ५, २०६९
‘प्रधानन्यायाधीशको नेतृत्व, लोकतान्त्रिक मान्यता विपरीत’
प्रेस चौतारी नेपाल रुपन्देहीले ५ फागुनमा बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव पोखरेलले कानुनको व्याख्या गर्ने निकायको व्यक्तिले राजनीतिक झमेला पार लगाउन नसक्ने बताए । एमाओवादीले प्रधानन्यायाधीशको नेतृत्व प्रस्ताव गरेर मुलुकलाई थप सङ्कटमा पार्ने षडयन्त्र गरेको उनको आरोप थियो ।
कार्यक्रममा नेता पोखरेलले राजनीतिक परिवर्तनलाई स्थापित गर्न राजनीतिक शक्तिकै नेतृत्व आवश्यक पर्ने उल्लेख गरे । प्रधानन्यायाधीशले राजीनामा गरेमा भने चुनावी सरकारको नेतृत्व स्वीकार गर्न सकिने उनको सङ्केत थियो ।रासस
