समाचारआइतबार, फाल्गुण ६, २०६९

चुनावी सरकारको खाका तयार गर्दै कार्यदल

हिमालखबर

राष्ट्रपति कार्यालय शीतल निवासमा जारी बैठकमा चुनावी परिषदको स्वरुप, चुनावको मिति र प्रक्रियाका विषयमा सहमति गर्न कार्यदलले प्याकेज तयार गरिरहेको छ । संविधानसभाको नयाँ निर्वाचनको मिति सहितको प्याकेजमा चारदलीय कार्यदलले तयार पारेको प्रस्तावलाई शीर्ष नेताहरुको बैठकले आजै अन्तिम रुप दिनेछ ।

कार्यदललाई आज दिउँसो २ बजे सम्म सहमतिको प्रस्ताव तयार गर्न समय दिइएको छ । सरकारको स्वरुप, मोडल र बाधा अड्काउ फुकाउने विषयमा तयारी गर्न ५ फागुन साँझको बैठकले चारैशक्ति सम्मिलित कार्यदल गरेको थियो ।

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी प्रस्ताव तयार गर्न दलहरु सहमत भए पनि त्यसको स्वरुप, कार्यक्षेत्र र अधिकारका विषयमा टुङ्गो लगाउने कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिए ।

दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा, राष्ट्रपतिले नयाँ सरकारको प्रस्तावलाई अनुमोदन एकैपटक गर्ने गरि सहमति गर्न दलहरुले छलफल चलाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>