समाचारआइतबार, फाल्गुण ६, २०६९
तीन दल र मोर्चाको सहमतिविरुद्ध नेकपा–माओवादी सडकमा
नेकपा–माओवादी लगायतका साना दलले ६ फागुनमा देशव्यापी प्रदर्शन गर्ने भएका हुन् । दलहरुबाटै सरकारको नेतृत्वकर्ता खोज्नुपर्ने भन्दै नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, नेकपा एकीकृत र त्राmन्तिकारी कम्युनिष्ट पार्टीले देशभर प्रर्दशन गर्न लागेका ती दलले जनाएका छन् ।
काठमाण्डुको रत्नपार्क दिउँसो ४ बजे सभा गरिने नेकपा–माओवादी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् । विरोध प्रदर्शन हिंजो ५ फागुनमा गरिने भनिएको भए पनि मौसमको प्रतिकुलताले कार्यक्रम एकदिन पछि सारिएको हो ।
