समाचारसोमबार, फाल्गुण ७, २०६९
प्रजातन्त्र खोज्दै मैनवत्ति जुलुस
७ फागुनमा प्रजातन्त्रका दिवसका अवसरमा हातमा नेपाली झण्डा र मैनवत्ति बोक्दै ‘अकुपाइ बालुवाटार’ अभियानकर्ताहरुले बालुवाटार प्रधानमन्त्री निवास अघिबाट शहीदगेटसम्म यात्रा गरेका हुन् ।
प्रजातन्त्र, न्याय र कानूनी शासन हराएको भन्दै सांकेतिक रुपमा विरोध गरेको सहभागिहरुले जनाएका छन् । महिला हिंसाको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार नजिकै गत पुसदेखि अकुपाइ बालुवाटार नामबाट बिहान केही घण्टा धर्ना भइरहेको छ ।
