समाचारसोमबार, फाल्गुण ७, २०६९
चुनावी सरकारको खाका तयार पार्दै कार्यदल
दलहरुबीच बाँकी रहेका विवादलाई अहिले बसिरहेको कार्यदलले अन्तिम रुप दिएपछि आजै बस्ने चारशक्तिका शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।
दिउँसो १ बजेसम्म कार्यदलले नागरिकता, सरकारको स्वरुप, प्रधानन्यायाधीशको कार्यक्षेत्र लगायतका विषयमा दलहरुबीच सहमति गर्ने नेताहरुले बताएका छन् । कार्यदलले ११ देखि १३ सदस्यीय चुनावी परिषद बनाउने, त्यसलाई सञ्चालन गर्न दलका शीर्ष नेताहरु रहेको संयन्त्र बनाउने लगायतका विषयमा भने सहमति गरिसकेको छ ।
प्रमुख दलहरुबीच सहमति भएलगत्तै राष्ट्रपति यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुको बैठक बोलाउने तयारी गरेका छन् ।
