थप समाचारसोमबार, फाल्गुण ७, २०६९
हिमपात भएपछि दुई जलविद्युत परियोजना बन्द
३ देखि ६ फागुनसम्म भएको हिमपातका कारण नहर भत्कनुका साथै पोल ढलेपछि म्यादीको गुर्जामा रहेका दुईवटै लद्युजलविद्युत परियोजना बन्द भएका छन् । ३० किलोवाट क्षमताको ईङ्लेखोला र २२ किलोवाट क्षमताको घाँसमर खोला लघुजलविद्युत परियोजना बन्द हुँदा गुर्जा गाविसका दुई सय ३० घरधुरी अन्धकार बनेको ईङ्लेखोला लद्युजलविद्युत परियोजनाका अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
बाक्लो हिउँ परेकाले विजुलीका पोलहरु भाच्चिएको र नहर भत्किएकाले परियोजना बन्द भएको हो । लुलाङ हुँदै गाविसमा प्रवेश गर्ने एकमात्र घोरेटो बाटो समेत बाक्लो हिउँ परेकाले आवत जावत बन्द भएको छ । अत्यधिक चिसो र घाँस समेत नपाउँदा गोठमा रहेका भेडा–बाख्रा, गाई–भैंसी मर्न थालेको स्थानीयले बताएका छन् ।
