समाचारसोमबार, फाल्गुण ७, २०६९
‘प्रधानन्यायाधीशलाई होइन दललाई नेतृत्व देऊ’
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ७ फागुनमा काठमाडौंमा गरेको कार्यक्रममा शर्माले प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन भए मुलुक भासतर्फ उन्मुख हुने बताएका हुन । बहुदलीय व्यवस्था अंगिकार गर्ने दलहरुले निर्दलीयतामा उन्मुख हुन खोज्नु बिडम्बना भएको शर्माको भनाई थियो ।
इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले भने, “प्रधानन्यायाधीशले सरकारको नेतृत्व गरेपछि केही दिन दिपावली त होला तर त्यस्को मूल्य सबै पुस्ताले चुकाउनु पर्नेछ ।” दलहरुकै नेतृत्वमा चुनावी सरकार गठन हुनुपर्नेमा शर्माको जोड थियो । प्रमुखको दलको नेतृत्वमा सम्भव नभए साना दलबाट भएपनि प्रधानमन्त्री चयन गर्नुपर्ने उनले उल्लेख गरे ।
