थप समाचारमंगलबार, फाल्गुण ८, २०६९
सवारी दुर्घटनामा मोटरसाइकल बढी
मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयल पथलैयाका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २ सय ४३ वटा मोटरसाईकल दुर्घटना भएका छन् । सात महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गरी मोटरसाईकल चलाउने २ सय ९० जना दुर्घटनामा परेका छन् । यसअवधिमा भएका ७ सय ३१ वटा दुर्घटनामा २ सय ४३ वटा मोटरसाईकल भएको ट्राफिक प्रहरी निरीक्षक लक्ष्मण सिँहठकुरीले जानकारी दिए ।
उनले जिप, कार, ट्रक, टयाङकर, भ्यान, टेम्पो, टयाक्टर र मोटरसाइकल गरी जम्मा ७ सय ३१ वटा सवारीका साधनहरु दुर्घटनामा परेका बताए । ट्राफिक नियमको पालना नगरी मोटरसाईकल चलाउनेलाई कारवाही गर्न नसक्दा दुर्घटनाको संख्या बढ्दै गएको वीरगन्जका मोटरसाईकल चालक शिवनाथ यादवको भनाई छ । ट्राफिक प्रहरी निरीक्षक ठकुरी कम उमेरका सिकारु युवाहरु बढी दुर्घटनामा पर्ने गरेको बताउँछन् । त्यसैगरी तिव्र गति पनि मोटरसाइकल दुर्घटनाको अर्को कारण हो ।
अली असगर, वीरगञ्ज
