समाचारमंगलबार, फाल्गुण ८, २०६९

प्रधानन्यायाधीशको निरन्तर सम्पर्कमा छुः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री बाबुरम भट्टराईले प्रधानन्यायाधीश खिलराज रेग्मीको सहमतिमै उनको नेतृत्वमा चुनावी सरकार गठन गर्न लागिएको भन्दै आफू प्रधानन्यायाधीश रेग्मीसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

८ फागुनमा गोरखाको थालाजुङस्थित आहल भञ्ज्याङ माविको हिरक जयन्ती समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराइले चुनावी सरकारको नेतृत्व स्वीकार गर्न रेग्मी तयार रहेको बताएका हुन् । भट्टराईले देशलाई राजनीतिक संकटबाट निकास दिन प्रधानन्यायाधीशको नेतृत्व नै एकमात्र विकल्प भएको दाबी समेत गरे । उनले थपे, “अब यो सहमतिबाट पछि हटिंदैन ।”

उनले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन हुन नसके आफ्नै नेतृत्वको वर्तमान सरकारले चुनाव गराउने बताए । पत्रकारहरुको जिज्ञासामा उनले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव विदेशीको नभई एमाओवादीले नै अघिसारेको बताएका थिए ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>