समाचारबुधबार, फाल्गुण ९, २०६९
स्वास्थ्य मन्त्रालय आफैले औषधी पसल चलाउने
मन्त्रालयले फार्मेसी सञ्चालन नीति तयारी अन्तिम अवस्थामा पुर्याएको छ । अस्पतालले खुला प्रतिस्पर्धाबाट चयन गरेका औषधी पसलप्रति व्यापक जनगुनासो आएपछि मन्त्रालय आफैले मातहतका अस्पतालमा फार्मेसी सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले मन्त्रालयले अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न आवश्यक तयारी गर्न निर्देशन समेत दिइसकेको बताए । हाल मन्त्रालयअन्तर्गत केन्द्रीय, अञ्चल, जिल्ला अस्पताल गरी सयभन्दा बढी अस्पतालमार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ । यस्ता अस्पतालको हाता र हाता बाहिर खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रबाट फार्मेसी सञ्चालन भइराखेको छ ।
रासस
