समाचारबुधबार, फाल्गुण ९, २०६९

एमाले स्थायी कमिटी बैठक स्थगित

हिमालखबर

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव  ईश्वर पोखरेलको अगुवाइमा बोलाइएको बैठकमा अध्यक्ष झलनाथ खनाल नआउने भएपछि बैठक स्थगित भएको हो ।

अध्यक्ष खनालले आफू दलहरुको बैठकमा ब्यस्त भएको भन्दै कार्यालय सचिवलाई बैठक स्थगित भएको सूचना टाँस गर्न भनेपछि केन्द्रीय सचिवालयले बैठक स्थगित भएको जनाएको छ ।

पार्टी विधान अनुसार अध्यक्षको सल्लाहमा महासचिवले स्थायी कमिटी बैठक बोलाउने प्रावधान भएपनि बिना सल्लाह बोलाइएको भन्दै अध्यक्ष झलनाथ खनाल  नआएको उनी निकट स्रोतले बताएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव गरेपछि एमाले अध्यक्ष झलनाथ खनालले समर्थन जनाएका थिए । वरिष्ठ नेता नेपाल र महासचिव पोखरेलले भने बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिनु दुर्भाग्यपूर्ण हुने भन्दै बिरोध गरिरहेका छन् । उनीहरुले अहिलेका प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने भए पदबाट राजिनामा गराउनुपर्ने वा अन्य स्वतन्त्र व्यक्तिलाई नेतृत्व दिनुपर्ने अडान राख्दै आएका छन् ।

तर, खनालले भने तत्काल न्यायालयको काम नगर्ने गरी रेग्मीले सरकार प्रमुखको पद सम्हाल्ने दलहरुबीचको सहमतिलाई समर्थन गरिसकेका छन् ।

एमाले स्थायी समितिको बैठक बस्दै

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।

हिमालखबर
बुधबार , ९ फागुन २०६९ १२:५७ पम

बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन गरेको समर्थन फिर्ता गर्नुपर्ने आवाज उठेपछि एमालेले ९ फागुनमा स्थायी समितिको बैठक बोलाएको छ ।

बैठक अघि नेताहरु अनौपचारीक छलफलमा छन । दिउँसो पार्टी कार्यालय बल्खुमा बोलाइएको बैठकमा पार्टीले गरेको समर्थन र त्यसको अवस्थाका विषयमा छलफल हुनेछ ।

महासचिव ईश्वर पोखरेलले केन्द्रीय समितिको निर्णय विपरित नेतृत्वले समर्थन गरेको भन्दै नेतृत्वसँग जानकारी मागिने बताए । उनले रेग्मीलाई प्रधानमन्त्री बनाउन गरिएको समर्थनका विषयमा पुर्नविचार गर्ने विषयमा पनि छलफल हुने बताए ।

८ फागुनमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा बसेको नेताहरुको बैठकले आज स्थायी समितिको बैठक बोलाएर छलफल गर्ने निष्कर्ष निकालेको थियो । बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन हुन्न भन्ने पक्षका नेताहरुको सल्लाह अनुसार महासचिव पोखरेलले बैठक बोलाएको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>