थप समाचारबुधबार, फाल्गुण ९, २०६९
चोर्न पल्केका प्रहरी जवान हिरासतबाटै फरार
चरिकोटमा विगत ६ महिनादेखि तीन दर्जन पसलहरुमा चोरी भएपछि जिल्ला प्रहरी कार्यालयले बनाएको बिशेष कार्यदलले ७ फागुनमा प्रहरी जवान खेमराज प्रजाको कोठाबाट एक ट्रक चोरीका सामान सहित उनलाई पक्राउ गरेको थियो ।
प्रजा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको निवासमा सुरक्षार्थ खटिएका थिए ।
९ फागुन बिहान करिब ४ बजे उनी हिरासत कक्षबाटै भागेको बुझिएको छ । उनको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । जिल्लाका प्रहरी प्रमुख डिएसपी ओम अधिकारी सहित सबै अधिकृत र सयौँको संख्यामा प्रहरीहरु उनको खोजीमा निस्केका छन् ।
जिल्ला प्रहरी कार्यालयका अधिकृतले उनी चर्पी जाँदा भागेको बताएका छन् ।
शर्मिला बुढाथोकी, चरिकोट

