समाचारबिहीबार, फाल्गुण १०, २०६९
‘राष्ट्रपति केही दलहरुको षडयन्त्रमा नपरुन्’
१० फागुनमा जनकपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामवरण यादवले एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेलाई खुशी पार्दैमा देशमा सुधार नआउने बताए । उनले चेतावनी दिए, “दहाल, खनाल र कोईरालालाई खुशी पारेर देश सुध्रिदैन, राष्ट्रपतिको विरोधमा जनता उत्रनुपर्ने अवस्था नआओस ।”
जनकपुरमा आयोजित बिरोध र्यालीपछिको कोणसभामा यादवले भने, “राष्ट्रपति कांग्रेसको मात्रै होइन, एमाले र माओवादीको मात्रै होइन, सम्पूर्ण राष्ट्रकै राष्ट्रपति बन्नुपर्छ ।” विघटित संबिधानसभामा प्रतिनिधित्व गरेका सबै दलसँग छलफल गरेर वर्तमान संकटबाट मुलुकलाई निकास दिनुपर्ने उनको भनाई थियो ।
एमाओवादीले सरकार र सत्ता कब्जाका लागि जननिर्वाचित संस्था र संवैधानिक निकायहरुलाई ध्वस्त बनाएको आरोप लगाउँदै यादवले सरकारमा रहेका मधेशकेन्द्रित दलहरु उसको मतियार बनेको बताए । उनले राजनीतिक दलहरु असफल भएपछि नै प्रधानन्यायधीशको शरणमा गएको टिप्पणी गर्दै न्यायपालिका र कार्यपालिकाको जिम्मेबारी एउटै ब्यक्तिलाई दिएर केही दलहरुले नयाँ राजा जन्माउने काम गरिरहेको आरोप लगाएका थिए ।

