थप समाचारशुक्रबार, फाल्गुण ११, २०६९
हैदराबादमा भएको विष्फोटनमा मर्नेको सङ्ख्या पन्ध्र पुग्यो
हैदरावादमा स्थानीय चलचित्र भवन बाहिर र बस बिसौनी स्टेशनमा दुईवटा बम विस्फोटन भएका थिए । भारतीय प्रहरीले विष्फोटनमा इस्लामिक अतिवादीहरुको हात रहेको दाबी गरेका छन् ।
यसअघि पनि दिल्ली, मुम्बई र हैदराबादका विभिन्न स्थानमा भएका आक्रमणहरूमा इस्लामिक अतिवादीहरुकै हात रहेको भारतीय प्रहरीले बताउँदै आएको छ ।
आक्रणमा अन्य ११९ व्यक्ति घाइते भएका छन् । सन् २०११ मा नयाँ दिल्लीको सर्वोच्च अदालतबाहिर भएको शक्तिशाली आक्रमणपछि हालको यो आक्रमणनै भीषण भएको सरकारी अधिकारहरूले दाबी गरेका छन् ।
एपी
