समाचारशुक्रबार, फाल्गुण ११, २०६९
महासमितिबाट छिनोफानो गर्ने गगन थापाको भनाई
रिपोर्टर्स क्लब नेपालले ११ फागुनमा राजधानीमा गरेको साक्षात्कारमा थापाले बहालवाला प्रधानन्यायाधीश बाहेकका सबै विकल्प खुल्ला राख्ने गरी पार्टीले निर्णय गरेको भन्दै शिर्ष नेतृत्वले अहिले गरेको काम किर्ते र जालसाजीपूर्ण भएको भन्दै अब महासमितिले त्यसको छिनोफानो गर्नु पर्ने बताएका छन् ।
थापाले काग्रेसका शिर्ष नेताहरुबाहेक सबै नेता कार्यकर्ताहरु बहालवाला प्रधानन्यायधिसको नेतृत्वको विरोधमा रहेको दावी गर्दै शक्ति पृथकीरण लोकतन्त्रको प्राण भएकोले त्यो नरहे लोकतन्त्र पनि नरहने बताए । थापाले भने, “खिलराज रेग्मी प्रधानन्यायाधीस हुन कि दलको उमेदवार ?” उनले न्यायपालिकालाई विवादमा ल्याउन नहुने भन्दै खिलराज रेग्मीको प्रधानमन्त्री चाहना भए तत्काल प्रधानन्यायाधीश पदबाट राजिनामा गर्नुपर्ने बताए ।
साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता शक्ति बस्नेतले नेपालको पछिल्लो अवस्था संबैधानिक बाटोमा नरहेकोले संविधानबाट मात्रै निकास ननिस्कने भन्दै संबैधानिक प्रक्रियाबाट बाहिर राजनीतिक सम्झौताको आधारमा मात्र निकास निकाल्न सकिने बताए ।
नेकपा–माओवादीका नेता लेखनाथ न्यौपानेले स्थानीय निकाय कर्मचारीको हातमा दिंदा भ्रष्टाचार ब्याप्त भएको र स्थानीय निकास असफल प्रमाणित भईसकेको अवस्थामा केन्द्रीय नेतृत्व पनि कर्मचारीलाई दिंदा मुलुकले निकास नपाउने दावी गर्दै मुलुक चार दलका केही नेताको घेराबन्दीमा रहँदा मुलुकले निकास पाउन नसकेको दाबी गरे ।
