समाचारशनिबार, फाल्गुण १२, २०६९
युवा संघको महाधिवेशनमा सहमतिको प्रयास
११ फागुनदेखि बुटवलमा शुरु भएको महाधिवेशनमा १२ फागुनमा उम्मेद्वारी दर्ता, मतदाता नामावली प्रकाशन र त्यसमाथि दाबी विरोध हुनेछ । यसअघिनै बिधान पारित भएकाले बन्दसत्र नभई सिधै निर्वाचन प्रकृया शुरु हुन लागेको हो । नेतृत्व सर्वसम्मत बनाउन एमालेका शिर्ष नेताहरुले कसरत गरिरहेका छन् ।
नेतृत्वका लागि वर्तमान अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष झपट रावल र महासचिव निरज आचार्यले दाबेदारी पेश गरेका छन् ।
मतदान भने १३ फागुन बिहान ८ बजेदेखि हुने कार्यतालिका तय गरिएको छ ।१३५ सदस्यीय केन्द्रीय समितिको नेतृत्व चयनका लागि बन्दसत्र पनि आजै शुरु हुनेछ । पदाधिकारी १७ जनाको हुने सहमति भएको छ ।
नयाँ विधान अनुसार अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, नौ सचिव, कोषाध्यक्ष गरि १७ जनाको स्थायी समिति रहने विषयमा ११ फागुन राति सहमति भएको महासचिव निरज आचार्यले जानकारी दिएका छन् ।

