समाचारशनिबार, फाल्गुण १२, २०६९
प्रमुख दलहरुको बैठक बस्दै
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मेधशी मोर्चाका नेताहरुबीच १२ फागुनमा प्रधानन्यायाधीशले राखेका प्रस्तावका विषयमा छलफल हुँदैछ । प्रधानन्यायाधीश खिलराज रेग्मीले आफु प्रधानमन्त्री बन्नुअघि संवैधानिक र कानुनी अडचन हटाएर भाषा र दलीय विवादमा सहमति खोज्न शर्त राखेको नेताहरुले बताएका छन् ।
बैठकमा यसअघि कार्यदलले गरेको ९ बुँदे सहमतिलाई थप संसोधन गरि त्यसको भाषाका विषयमा पनि छलफल हुने एकीकृत माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बोलाइएको छ ।
सापकोटा अनुसार विज्ञहरुको सल्लाहमा कार्यदलले नै आज केही प्रस्ताव ल्याउने छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन २० वटा कानुनी अड्चन हटाउने पर्ने देखिएकाले विज्ञहरुसँग परामर्श भइरहेको एमाले नेता तथा कार्यदलका सदस्य भीम रावलले जानकारी दिए ।

