थप समाचारशनिबार, फाल्गुण १२, २०६९

लागु औषधसहित युवायुवती पक्राउ

हिमालखबर

बिहान उज्यालो नहुदै नेपाल तर्फ आउदै गरेका धरान–११ का २१ वर्षीय बिक्रम भुजेल र २६ वर्षीया रीया लिम्बुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । युवकले दुबै तिघ्रामा र युवतीले पेट र शरीरका अन्य भागमा टेपले टाँसेर लागुऔषध लुकाएका थिए ।

उनीहरुको साथबाट डाइजेपाम, ७५, एभिल ७५ र नोरजेसिक ७५ एम्पुल बरामद भएको छ । भारत जोगवनी बजार निवासी चाची भनिने महिलाको पसलमा बेलुकै गएर बिहान फर्किएको पक्राउ परेका भुजेलले बताए । उनका अनुसार, सो लागुऔषध धरानका शौर्य तामाङ भन्ने ब्यक्तिका लागि लगिएको हो । दुबै जना नशामा लट्ठ अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ परेकी युवती लिम्बुले भने आफुलाई पुरुष सुरक्षाकर्मीले शरीर तलासी लिएर कुटपिट गरेको बताइन् । महिला सुरक्षाकर्मींले तलासी लिनु पर्नेमा आफुलाई पुरुषले अभद्र ब्यवहार गरेको उनले रुँदै बताइन् । आफु लागुऔषध सेवनकर्ताको अधिकारको क्षेत्रमा काम गरि सकेको बताउदै भक्कानिएकी लिम्बुले महिलाको शरीर तलासी लिन महिला सुरक्षाकर्मी हुनु पर्ने बताएकी थिइन् ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>