समाचारशनिबार, फाल्गुण १२, २०६९

‘रेग्मीलाई रोक्न अब युवाहरुले प्रयास पार्नुपर्छ’

हिमालखबर

युवा सङ्घ नेपालको बुटवलमा जारी आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सचिव पोखरेलले सहमतिको सरकारको नेतृत्व दलहरूभित्रबाटै खोजिनुपर्ने भन्दै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने शीर्ष नेताहरुको प्रयास युवाहरुले विफल पार्नुपर्ने बताएका छन् ।

नेता पोखरेलले पार्टी नेतृत्वले दल बाहिरबाट राजनीतिक समस्याको निकास खोज्ने कुरामा सहमति जनाएर त्यस खालको अन्तिम निर्णय गरे युवा वर्गले हस्तÔेपकारी भूमिका खेलेर भए पनि त्यसलाई विफल पार्नुपर्नेमा जोड दिए ।

युवा सङ्घको महाधिवेशनको बन्दसत्र बुटवलस्थित सिद्धेश्वरी लालकुमारी उच्चमाविमा चलिरहेको छ । सङ्घको नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा निर्वाचन प्रक्रिया थालिएको निर्वाचन समितिका संयोजक डा आर सी आचार्यले जानकारी दिए ।

यसअघि नै सङ्घको विधान सम्मेलन सम्पन्न भइसकेकाले बुटवलमा जारी यो महाधिवेशनले नयाँ नेतृत्वको चयन मात्रै गर्नेछ ।

महाधिवेशनमा वर्तमान अध्यक्ष महेश बस्नेत र महासचिव निरज आचार्य अध्यक्ष पदका लागि दावेदारीमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>