समाचारशनिबार, फाल्गुण १२, २०६९

‘रेग्मीलाई प्रम बनाउने भए पहिले राजीनामा गर्नुपर्छ’

हिमालखबर

१२ फागुनमा बुटवलमा पत्रकारहरुसँग कुरा गर्दैै नेता नेपालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठन सबैभन्दा खराब विकल्प भएको बताए ।

प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको नेतृत्व लिने भए पहिले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्ने उनको शर्त छ । एमाओवादीले प्रधानमन्त्रीका लागि विभिन्न नामहरु प्रस्ताव गर्ने र पछि आफैं त्यसलाई असफल गराउने काम गरिरहेकोले त्यसो नगर्न चेतावनी पनि दिए ।

उनले लोकतन्त्रको मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तको संरक्षण गर्ने पार्टी केन्द्रीय कमिटीले निर्णय गरेको भन्दै त्यसअनुसार स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>