समाचारशनिबार, फाल्गुण १२, २०६९

पारसको पेटमा रक्तश्राव, अवस्था थप जटिल

हिमालखबर

८ फागुनदेखि बैंककस्थित सिमितभेज अस्पतालमा उपचाररत पारस शाहको पेटमा रक्तश्राव भएपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो ।

अस्पतालले १२ फागुन बेलुका जारी गरेको विज्ञप्तिमा उनको इण्डोस्कोपी गरी आवश्यक उपचार पनि भइरहेको जनाइएको छ ।

अस्पतालले पूर्व युवराज शाहको अवस्थालाई ‘क्रिटिकल’ भनेको छ । दुई वर्षदेखि बैंककमा बस्दै आएका शाहलाई चारदिन अघि हृदयघात भएको थियो ।

पारसकी पत्नी हिमानी शाह, बहिनीहरु र अन्य आफन्तहरु थाइल्याण्ड पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>