थप समाचारआइतबार, फाल्गुण १३, २०६९
इलाममा बस दुर्घटना एकको मृत्यु, १२ घाइते
इलामतर्फ जाँदै गरेको मे १ ख ७९२ नम्बरको मिनी बस बेलुका ७ बजे सडकबाट सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएका भारत बिहार घर भई फिक्कलमा बस्दै आएका ५० वर्षीय सीताराम मोचीको राति ९ बजे मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
अन्य १२ जना घाइतेहरुको इलाम, फापा र विराटनगरमा उपचार भई रहेको छ ।
कमल रिमाल, विराटनगर

