समाचारआइतबार, फाल्गुण १३, २०६९

नयाँ विकल्प खोज्ने दलहरुको मनस्थिति

हिमालखबर

प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिने विषयमा दलहरुले अनावश्यक विवाद लम्बाएको, दलहरुभित्रै विवाद रहेको, साना दलहरु र बार एशोसिएसनसमेत विरोधमा गएपछि प्रधानन्यायाधीशले सरकारको नेतृत्व लिन अनिच्छा देखाएको उनी निकट स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीशलाई भेटने नेताहरुको कार्यक्रम विफल भएपछि दलहरुले आज साँझ छलफल गर्दै छन् । चुनावी सरकारको नेतृत्वका लागि प्रधानन्यायाधीश रेग्मीलाई अन्तिम पटक आग्रह गर्ने नेताहरुले बताएका छन् । अब पनि प्रधानन्यायाधीशले नमाने नयाँ विकल्पमा खोज्ने मनस्थितिमा पुगेको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बताए ।

बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरी जेठभित्र निर्वाचन गराउन एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरु गत साता सहमत भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>