समाचारआइतबार, फाल्गुण १३, २०६९
रेग्मीलाई रोक्न परेको रिट विशेष इजलासमा पठाइयो
६ फागुनमा अधिवक्ता भरत जंगमले दायर गरेको रिटमाथि १३ फागुनमा न्यायाधीश सुशिला कार्कीको इजलासले सुनुवाई गर्दै २२ फागुनभित्र विपक्षीहरुलाई लिखित जवाफ दिन आदेश समेत दिएको छ ।
आगामी २४ फागुनमा दुई वा सो भन्दा बढी न्यायाधीश रहने विशेष इजलासमा उक्त रिटको सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।
बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु संबिधानबिपरीत भएको भन्दै जंगमले राष्ट्रपति, प्रधानमन्त्रीसहित चार दलका शिर्ष नेतालाई बिपक्षी बनाएर रिट दायर गरेका थिए । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नेखालका कुनै पनि निर्णय नगर्न नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न समेत रिटमा माग गरिएको छ ।
निवेदकका तर्फबाट अधिवक्ताहरु कुमार रेग्मी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, लक्ष्मीबहादुर निराला, प्रभाकर भण्डारी तथा गान्धी पण्डितले बहस गरेका थिए ।
