समाचारआइतबार, फाल्गुण १३, २०६९
रेग्मीलाई मनाउने जिम्मा भट्टराईलाई
एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु सम्मिलित बैठकले प्रधानन्यायाधीश रेग्मीसँग अन्तिम पटक कुराकानी गरी निष्कर्षमा पुग्न प्रधानमन्त्री भट्टराईलाई जिम्मा लगाएको हो । यदि प्रधानन्यायाधीश सहमत नभए अर्को विकल्पमा जानेबारेमा पनि छलफल भएको एमाले नेता भीम रावलले जानकारी दिए ।
१३ फागुन बिहान प्रधानन्यायाधीश रेग्मीलाई नेताहरुले भेट्न चाहे पनि दलहरुको सहमतिको मस्यौदाले अन्तिम रुप नलिंदासम्म भेटेर केही नहुने भन्दै रेग्मीले भेट्न मानेका थिएनन् ।
प्रधानमन्त्री भट्टराई र प्रधानन्यायाधीश रेग्मीबीच छलफल भएपछि १४ फागुन दिउँसो पुनः चार राजनीतिक शक्तिहरुको बैठक बस्ने रावलले बताए ।
प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व लिन अनिच्छा देखाएको स्पष्ट संकेत दिइसके पनि दलहरुको आग्रहमा एक पटक फेरि प्रधानमन्त्री भट्टराईले प्रधानन्यायाधीशलाई भेट्ने भएका हुन् ।
