समाचारआइतबार, फाल्गुण १३, २०६९
एसएसबीले बिजुलीको पोल गाड्न दिएन
निर्मलवस्ती गाविसको रामनगर स्थित ठुटे खोलाको बगरमा १३ फागुनमा विद्युतको पोल गाड्ने क्रममा भिखनाठोरीमा रहेको एसएसबी (सीमा सुरक्षा बल) ले अवरोध गरेको हो । पोल गाडने तयारी भएको स्थान नेपाली भूमीमा पर्ने भएपनि एसएसबीले भारतीय भूमी भन्दै पोल गाडन नदिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक मुक्तिनारायण चौधरीले बताए ।
एसएसबीले पोल गाडन नदिएपछि ठुटे खोलामा पुगेका स्थानीयवासीले एसएसबीको विरोध गरेपछि भारतीय सुरक्षाकर्मीले दुइ दिनको समय मागेको प्रंहरी निरिक्षक चौधरीले जानकारी दिए । यसअघि त्यही ठाँउमा गाडिएको विद्युतको दुइ ओटा पोल उखेलेर फालिएको अवस्थामा फेला परेको थियो ।
निर्मल ठोरी विद्युतीकरणमा एसएसबीले अवरोध गरेपछि एक महिना अघि भारतीय महावाणिज्य दूतावासका अधिकारी जसवीर सिंह र पर्साका स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुर सम्मिलित दुइ देशको टोलीले विवादित स्थानको स्थलगत अनुगमन गरि त्यही ठाँउमा विद्युतको पोल गाडन निर्मल ठोरी विद्युत उपभोक्ता समितिलाइ निर्देशन दिएको थियो ।
भारत सरकारकै आर्थिक सहयोगमा पर्साको निर्मलवस्ती र ठोरी गाविसमा विद्युतीकरणको काम भइरहेपनि एसएसबीले पटक पटक अवरोध गरेका कारण स्थानीयवासी एसएसबी प्रति आक्रोशित बनेका छन ।
अली असगर, वीरगन्ज
