समाचारसोमबार, फाल्गुण १४, २०६९
रेग्मी प्रधानमन्त्री बन्न तयार
१४ फागुन बिहान प्रमुख चार राजनीतिक शक्तिका नेताहरुसँग भएको छलफलमा प्रधानन्यायाधीश रेग्मीले संवैधानिक बाधाहरु हटाएर आवश्यक वातावरण बनाएमा प्रधानमन्त्री हुन तयार रहेको बताएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बैठकमा सहभागी एक शीर्ष नेताले बताए अनुसार प्रधानन्यायाधीसँग बिहान भएको छलफलमा उनले आफू चुनावी सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
प्रधानन्यायाधीश रेग्मीले स्वीकृति दिएपछि नेताहरुले आजै छलफल गरी सहमतिलाई अन्तिम रुप दिनेभएका छन् ।
