समाचारसोमबार, फाल्गुण १४, २०६९

कोइरालाले सुनाए, ‘रेग्मीलाई प्रधानमन्त्री बनाउने भइयो’

हिमालखबर

१४ फागुनमा कोइराला निवास महाराजगञ्जमा भएको कांग्रेस नेताहरुको अनौपचारिक बैठकमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बन्न चार दलले गरेको आग्रह रेग्मीले स्वीकारेको जानकारी गराएका हुन् ।

बैठकमा शक्ति पृथकीकरणको सिद्धान्तमा कुनै समस्या नहुने गरी बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइने शीर्ष नेताहरुले बताए ।

शीर्ष नेतृत्वको निर्णयप्रति असहमति जनाउँदै आएका नेताहरुले भने मनोमानी ढङ्गबाट निर्णय गरेको भन्दै शीर्ष नेताहरुप्रति आपत्ति जनाएको एक असन्तुष्ट नेताले बताए । त्यसैगरी बैठकमा चुनावी सरकारका बारेमा सर्वोच्च अदालतमा परेको रिटको टुङ्गो नलागेसम्म संविधान संशोधन नगर्न पनि सदस्यहरुले दबाव दिएका छन् ।

कानूनी तथा संवैधानिक जटिलता हटाएको अवस्थामा मात्र आफू प्रधानमन्त्री बन्न तयार रहेको प्रधानन्यायाधीशले बताएको सभापति कोइरालाले बैठकमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>