थप समाचारसोमबार, फाल्गुण १४, २०६९
काठ तस्कर र बन गस्ती टोलीबीच भिडन्त
तस्करहरुले १५ थान चिरान काठ तस्करी गरिरहेको अवस्थामा वन गस्ती र प्रहरीको संयुक्त टोलीसँग जम्काभेट भएपछि भिडन्त भएको हो । १५ जनाको समूहमा रहेका तस्करहरुले अचानक ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर समेत गरेको अस्थायी प्रहरी पोष्ट हटियाका प्रहरी सहायक निरीक्षक मेघराज घिमिरेले जानकारी दिए ।
प्रहरीले हवाईफायर गरेपछि अन्य १४ जना तस्कर फरार भएका छन् भने हटिया गाविस ९ का सुकराम स्याङ्बो पक्राउ परेका छन् ।
अली असगर, वीरगञ्ज
