थप समाचारबुधबार, फाल्गुण १६, २०६९
सम्झौता नमान्ने ठेकेदार कम्पनी कारवाहीमा
ठेकेदारको लापरबाहीका कारण जिल्लामा सञ्चालित अधिकांश आयोजनाहरु अलपत्र बनेपछि प्राविधिक कार्यालयले ठेकेदार कम्पनीलाई कारबाही गर्ने तयारी गरेको हो । कम्पनीले सम्झौता अनुरुप काम नगर्दा धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न गाविसमा सञ्चालित ११ आयोजनाहरु अलपत्र परेको जिल्ला प्राविधिक कार्यालय धनकुटाका प्रमुख ईन्जिनियर दिपककुमार दासले बताए ।
निर्माण सम्झौता तोडेर बैकल्पिक उपायद्धारा काम सुरु गर्ने तथा ठेकेदार कम्पनीलाई कालो सुचीमा राख्नेसम्मको तयारी गरिएको छ । अलपत्र अवस्थामा रहेका आयोजनाहरुको काम सुचारु गर्नका लागि कार्यालयले यसअघि पनि पटक–पटक सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।
सन्तोष रुचाल, धनकुटा
