समाचारबुधबार, फाल्गुण १६, २०६९
चुनाव मंसिर पहिलो साताः गच्छदार
विराटनगर विमानस्थलमा १६ फागुनमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै गच्छदारले जेठमा चुनाव हुने सम्भावना कम हुँदै गएको बताएका हुन । चुनावका लागि आफूहरुले ‘ठूलो सम्झौता’ गरेको दाबी गरे । प्रधानन्यायाधीश नेतृत्वको सरकारले नै चुनाव गराउने उनको भनाई थियो ।
गच्छदारले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन सर्वोच्चमा परेको रिटमा नेपाल बार एसोसियसनका पदाधिकारीसँग छलफल भईरहेको जानकारी दिए ।
कमल रिमाल, विराटनगर
