समाचारबुधबार, फाल्गुण १६, २०६९
छोराको अवस्था बुझ्न पूर्व राजा बैंकक प्रस्थान
पूर्व राजा शाह पत्नी कोमल र नातिनातिनीसहित १६ फागुनमा थाइ एयरवेजको विमानबाट बैंकक गएका हुन । शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना छोराको स्वास्थ्यस्थिति प्रति चासो र चिन्ता व्यक्त गर्नेहरुलाई सञ्चार माध्यममार्फत धन्यवाद दिए ।
पूर्व युवराज पारसको गएको हप्तादेखि बैंककको समितिवेज अस्पतालमा उपचार भईरहेको छ । पूर्व युवराज्ञी हिमानी यसअघि नै बैंकक गइसकेकी छन् । अस्पतालले पारसको स्वास्थ्य अवस्था अझै गम्भिर रहेको जनाएको छ ।
